पहिरोले पुरिएर टोखामा जुम्ल्याहाको मृत्यु
Tuesday, July 21st, 2020, 4:11 pm
६ साउन, काठमाडौं । काठमाडौंको टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका-१ टाँसी डाँडामा बस्ने दुई जनाको ज्यान गएको छ।
महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले दिएको जानकारी अनुसार मंगलबार ( आज ) बिहान आएको पहिरोले पुरिएर त्यहीका स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको हो।
मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा रहेका डीएसपी खड्काले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छन् ।