सेनाद्वारा सुदूरपश्चिमका मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका बम डिस्पोज
Tuesday, July 21st, 2020, 1:39 pm
साउन ६, धनगढी । सेनाको बम डिस्पोजल टोलीले सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम डिस्पोज गरेको छ।
सेनाले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो । नेत्रे विक्रम चन्द नेतृत्वको नेकपाले ति बम राखेको हुनसक्ने अनुमान गरिएको छ भने हाल त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज विप्लब नेतृत्वको नेकपाले आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।
सेनाले लम्कीचुहानगरपालिकाको कार्यालय नजिक राखेको अर्को शंकास्पद वस्तुलाई पनि डिस्पोज गर्ने तयारी गरेका छन् ।