गएराति पहिरोमा पुरिएर दार्चुलामा २ जनाको मृत्यु, ३ जना घाइते
Tuesday, July 21st, 2020, 12:17 pm
६ साउन, दार्चुला । सोमबार राति गएको पहिरोमा पुरिएर दार्चुलामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका ८ का स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको रहेका छन् भने तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको बताएका छन् ।
बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेका लक्ष्मीका छोरा सुभमले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगतै प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको र घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेका छन् ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।