‘हाई अलर्ट’: भीषण वर्षापछि आएको बाढी नियन्त्रण गर्न चीनले बाँध बिष्फोट गर्याे
Tuesday, July 21st, 2020, 11:30 am
साउन ६, काठमाडौं । अहिले बाढी पहिरोका कारण हजारौँको संख्यामा मानिसहरुको मृत्यु भएको छ भने करोडौँ मानिसहरु प्रभावित बनेका छन् । यसैबीच छिमेकी राष्ट्र चीनमा पनि भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बन्नुका साथै त्यहाँका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
चीन सरकारले आईवार अन्हुई प्रान्तमा बाढीको पानी कटान गर्नको लागि कुहे नदीमामा रहेका बाँध बिस्फोटक पदार्थले ध्वस्त पारेको छ । यो नदी यांग्त्जी नदीको सहायक नदी हो । उक्त बाँध घाटीमा बाढी नियन्त्रण गर्नको लागि नष्ट गरिएको बताइएको छ ।
चीनमा बाढीका कारण यो वर्ष १४० भन्दा धेरै मानिसहरुले ज्यान गुमाई सकेका छन् भने ३.८ करोड मानिसहरु प्रभावित भएका छन् ।
१५० मिलिमिटर भन्दा धेरै पानी देशका विभिन्न ठाउँमा पर्ने जानकारी दिदै चीनले नागरिकलाई सतर्कता अपनाउन भनेका छन् ।
चीनका २७ प्रान्तका मानिसहरु यो प्राकृतिक विपद्को सामना गरिरहेका छन् भने जिग्यान्सी, हुबेई, हुन्नान र अन्हुई सबैभन्दा धेरै प्रभावित क्षेत्रका रुपमा रहेका छन् ।