कोरोना अपडेटः गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि
Tuesday, July 21st, 2020, 11:10 am
प्रदेश ४, साउन ६। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार दिएको अपडेट अनुसार ३ जिल्लाका थप ९ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् ।
नयाँ संक्रमितहरु, बाग्लुङ, स्याङजा र म्याग्दीका ३/३ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालयले संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी गरिएको जनाएको छ ।
अहिलेसम्म गण्डकी प्रदेशमा १०२० जना कोरोना संक्रमित सबै निको भएर आ-आफ्नो घर फर्किसकेका छन् ।
हालसम्म गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ ।