कोरोना भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाई तथा स्वागतः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)
Tuesday, July 21st, 2020, 10:49 am
६ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिरहेको महामारी कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएको भन्दै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई त्यस नतिजाप्रति खुशी व्यक्त गर्दै बधाई दिएको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ दिँदै फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ ।
गत वर्षको डिसेम्बरको अन्तिम हप्ताबाट सुरु भएको कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट सिंगो विश्व नै त्रसित बनेको छ । विश्वका विभिन्न देशका वैज्ञानिकहरु यसविरुद्धको औषधी वा खोप बनाउन दिनरात जुटिरहेका छन् तर पनि हालसम्म यसविरुद्धको भ्याक्सिन पूर्ण रुपमा बाहिर आईसकेको छैन । तर जेनेभामा एक प्रेस क्नफरेन्समा डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानलले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिदै उनले भनेका छन्, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।
हालसम्मको स्थितिमा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ ।