सरकारले लकडाउन खुकुलो बनाउँदैछ
Monday, July 20th, 2020, 9:31 pm
साउन ५, काठमाण्डौं । अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको हो । सरकारले तोकेको जारी लकडाउन साउन ७ गते सकिँदैछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको हो ।
साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।