उपचारमा खटिएका चिकित्सकलाई नै कोरोना पोजिटिभ
Monday, July 20th, 2020, 5:47 pm
स्याङ्जा, ४ साउन। स्याङ्जाको गल्याङ नगर अस्पतालको आइसोलेसनका कोरोना संक्रमितको उपचारमा खटिएका एक जना डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पुष्टि भएपछि उक्त अस्पतालका सबै सेवा बन्द गरिएको हो ।
उपचारमा खटिएका गल्याङ नगर अस्पतालका डाक्टरमा कोरोना देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । उनले पोखरामा गरिएको पीसीआर परीक्षणमा चिकित्सकको कोरोना संक्रमण पुष्टि भएको बताए ।