बाढी र पहिरोले गर्दा पृथ्वी राजमार्गको पुल भत्कियो, आवतजावत नै बन्द
Monday, July 20th, 2020, 5:14 pm
काठमाडौं, ५ साउन । अविरल वर्षा र बाढीले गर्दा चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुलमा क्षति पुग्नाले यातायात आवतजावत नै बन्द भएको छ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ भने मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।
धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो जानुका साथै सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ। सबै भन्दा बढी पहिरो फुर्के खोलामा खसेको इलाका प्रहरीले जानकारी दिएको छ।