कोरोना अपडेट: बारामा थप ४६ जनामा संक्रमण पुष्टि
Monday, July 20th, 2020, 2:28 pm
प्रदेश २, ५ साउन। प्रदेश २ को बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा एकै जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
७१ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती सबै बाराका रहेको नारायाणी अस्पतालका निर्देशक डा उपाध्यायले जानकारी दिए । उनकाअनुसार संक्रमण पुष्टि भएकाहरु सुवर्ण गाउँपालिकाका र देवलात गाउँपालिकामा रहेका व्यक्तिहरु हुन् ।
नयाँ थपिएका संक्रमितमध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ५ जना गाउँपालिकाका कर्मचारी र अन्य स्वास्थ्यकर्मीका परिवारका सदस्यहरु सहित ४६ जना रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।
संक्रमित ४६ जना मध्ये ११ जना महिला र ३५ जना पुरुष रहेको प्रजिअ पण्डितले बताए ।