कोरोनाको कारण शिवालयहरुमा भक्तजनको चहलपहल न्यून
Monday, July 20th, 2020, 1:26 pm
काठमान्डौ, ५ साउन। यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा मानिसहरुको उपस्थिति न्यून रहेको छ ।
सरकारले २५ जना भन्दा जना एक स्थानमा भेला नहुन भनेको छ भने मन्दिरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् ।
हिन्दु परम्परा अनुसार हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । उक्त दिन निराहार ब्रत बसि शिवजीको पूजा अराधना र उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ ।
सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो।