पानीको बहावले नारायणी नदीमा सतर्कता नाघ्यो, सतर्क रहन जिल्लाप्रशासनको आग्रह
Monday, July 20th, 2020, 12:43 pm
चितवन,५ साउन। चितवन र गैडाकोटको सीमामा रहेको नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको हो ।
उक्त क्षेत्रमा विहान ११ बजेको समयमा पानीको सतह ७.४६ मिटर पुगेको छ । जबकी ७.३ मिटरलाई सतर्कता तह मानिन्छ । पानीको सतह ८ मिटर पार गर्यो भने खतराको तह नाघ्ने छ । निरन्तरको वर्षाले आइतबार रातीदेखि नारायणीको बहाव बढ्को हो ।
उक्त छेत्रमा पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
निरन्तर पानीको सतह बढ्दै गएकोले सतर्क रहन नारायण नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आग्रह गरेका छन् ।