काठमाडौंमा पहिरो, एक जनाको ज्यान गयो
Monday, July 20th, 2020, 12:06 pm
काठमाडौं, ५ साउन। काठमाडौंमा पहिरोमा जाँदा एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ साढे ६ बजे कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा पहिरो गएको थियो। पहिरोमा परी त्यहीका एक स्थानीयको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।
मृत्यु हुनेमा २२ वर्षीय नवराज गुरूङ छन्।
एसएसपी श्यामलाल ज्ञवालीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।
पहिराे पन्छाएर उनकाे शव निकालेर पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएकाे बाैद्ध प्रहरीले जनाएकाे छ ।