बुटवल–तानसेन सडक फेरि अवरुद्ध
Monday, July 20th, 2020, 8:03 am
५ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए ।
तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् ।