कोरोना अपडेट : २४ घन्टामा १५६ जना संक्रमित थपिदा ५८ जना कोरोना मुक्त
Sunday, July 19th, 2020, 5:43 pm
काठमान्डौ, ४ साउन। पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ७४१ जनाको पीसीआर परिक्षण गरिएको छ ।
यस्तै कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ६९५ पुगको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको हाे ।