खुमलटारमा प्रचण्ड- नेपाल समुहको बैठक जारी
Sunday, July 19th, 2020, 1:00 pm
काठमान्डौ, ४ साउन। कम्युनिस्ट पार्टीका नेता प्रचण्ड–नेपाल समूहबीच प्रचण्डनिवास खुमलटारमा बैठक जारी रहेको छ ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच अर्ली महाधिबेशन गर्ने सहमति भएपछि बरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका थिए।
यता उक्त सहमतिलाई लिएर भने प्रचण्डको सचिवालयले खण्डन गरेको छ। प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएको र सम्पूर्ण विषय छलफलकै क्रममा रहेको सामाजिक सञ्जालमार्फत प्रष्ट पारेकी हुन्।