पाँच दिनसम्म लगातार भारी वर्षा हुने
Sunday, July 19th, 2020, 12:46 pm
काठमाडौं, साउन ४ । आजदेखि पाँचदिनसम्म लगातार भारी वर्षा हुने भएको छ । आज देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको र नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि मौसम थप सक्रिय हुने भएकाले सर्तक रहन सबैलाई आव्हान गरेको छ ।
्
बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावनाको पूर्वानुमान विभागको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ८ गतेसम्म ठुलो पानी पर्ने र यसले विभिन्न स्थानमा बाढीपहिलो जाने उच्च सम्भावना रहेकाले जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ ।