पशुपति शर्माको तीज गीत ‘दुई बिसेले छोयो’ सार्वजनिक
Saturday, July 18th, 2020, 6:47 pm
काठमाडौं, ३ साउन । गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। गायक शर्मासंगै राजु ढकाल र गायिका देवी घर्ती मगरको आवाजमा ‘दुई बिसेले छोयो’बोलको तीजको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
उक्त गीतलाई ‘लौरी हरायो’ भाग ३ का रुपमा सार्वजनिक गरिएको हो। गीतमा पशुपतिकै शब्द/संगीत छ। यो गीतको भिडियोमा पशुपति, देवी र राजुले नै अभिनय गरेका छन्। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा बनेको भिडियो नविन घर्ति मगरको सम्पादन छ।
यसै बर्ष गायक पशुपतिले ४ ओटा तीज गीत बजारमा ल्याएका छन्।