इनफ इज इनफ र सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै सत्याग्रह
Saturday, July 18th, 2020, 6:36 pm
३ साउन, काठमाडौं । सरकार र इनफ इज इनफ टोलीसँग भएको १२ बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन् । अभियानमा आवद्ध युवाहरुले शनिबार(आज) बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् ।
ईः भने अनिश्चितकालीन सत्याग्रहमा बस्ने बताएका छन् ।
यसअघि ईः र पुकार बम १२ दिनसम्म आमरण अनसनमा बसेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बुँदे सहमति गरेको थियो । सहमतिमा जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्नेगरी एक हप्ताभित्र हालको निर्देशिका परिमार्जन गर्ने उल्लेख थियो ।तर सहमति कार्यान्वयन नभएको अभियान्ताहरुले बताएका छन् ।