नेकपा विवाद: सचिवालय बैठक बालुवाटारमा जारी
Saturday, July 18th, 2020, 6:14 pm
काठमाडौं साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षको मागलाई अस्विकार गर्दै आएका छन् । पटक-पटक स्थायी कमिटी बैठकमा सहमति खोज्ने प्रयास भएपनि अहिलेसम्म सफल भएको छैन ।
जारी स्थायी कमिटीको बैठक स्थगित गरेर आज बस्न लागेको सचिवालय बैठकले निकालेको निस्कर्ष भने आउन बाकी रहेको छ।