कोरोना नियन्त्रण गर्न विश्वका शक्तिशाली देश एकसाथ आउन नसकेको राष्ट्रसंघको भनाई
Saturday, July 18th, 2020, 3:19 pm
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले कोरोना भाइरसको नियन्त्रणका लागि विश्वका शक्तिशाली राष्ट्रहरु एकसाथ आउन नसकेको भन्दै आलोचना गरेका छन्।
कोरोना महामारीले देश भित्र र बाहिर रहेको असमानताहरुलाई उजागर गरेको उनले बताएका छन्।
साथै कोभिड १९ लाई पराजित गर्न विश्वका सबै देशले मिलेर काम गर्न नसकेको भन्दै विकसित राष्ट्रहरुले कमजोर आर्थिक अवस्था रहेका राष्ट्रहरुलाई सहयोग गर्न नसकेको उनको भनाइ छ।
अमेरिका, चीन, रुस लगायतका राष्ट्रहरुबीच पहिला सम्बन्ध यति नराम्रो नभएको भन्दै गुटेरेशले अहिलेको अवस्थालाई मध्यनजर गर्दै सबैले एकता देखाउनुपर्ने बताएका छन्।
भने, ‘विश्वमा अव्यवस्था फैलिरहेको छ। देशहरु एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुले एकअर्कालाई बुझ्न सकिरहेका छैनन्।’
गुटेरेशले राष्ट्रसंघको सुरक्षा परिषद्ले कोरोनासँग मात्रै नभइ विश्वभर देखिएका अन्य धेरै समस्याहरु पनि सुल्झाउन पहल गर्नुपर्ने बताएका छन्।