बाग्मती प्रदेश सरकारले बनाइदिने भयो सिन्धुपाल्चोकको पहिरो पीडितको घर
Friday, July 17th, 2020, 8:08 pm
२ साउन, हेटौंडा । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको छ ।
स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको आज बसेको बैठकले निर्णय गरेको हो ।
सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो ।
समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णयगरेको छ ।