स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
Friday, July 17th, 2020, 1:03 pm
साउन २, काठमाण्डौं । आज दिउँसो ३ बजेको लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको बताएका हुन्।
आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो। पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो।
पार्टी स्थायी कमिटीको बैठक आज दिउँसो ३स्०० बजेसम्मका लागि स्थगित भएकोमा पुन : स्थगित भई साउन ४ गते ३ बजे हुनेगरी तोकिएको छ ।