ओली र प्रचण्डबीच छलफलको तयारी
Friday, July 17th, 2020, 10:45 am
२ साउन, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच छलफल हुने भएको छ । छलफल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा केन्द्रित हुने बताइएको छ ।
स्थायी कमिटीको बैठक आज ११ बजे बस्दैछ । दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन ।
नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली पक्षका समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ । त्यसमा सहमत गराउन प्रचण्डले ओलीलाई भेट्न लागेको बताइएको छ ।