बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित विरामीको मृत्यु
Friday, July 17th, 2020, 10:41 am
२ साउन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका १ का ७३ वर्षका वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उहाँलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु भएको हो ।