बाढिका कारण मध्य र पूर्वी चीन जलमग्न
Friday, July 17th, 2020, 8:21 am
२ साउन, काठमाडौं । चीनको मध्य र पूर्वी बस्ती बाढीका कारण प्रभावित भएको छ ।
बाढि र ढुवानका कारण उक्त क्षेत्रमा हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ भने केहीबेपत्ता छन् । यस्तै लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ ।
चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।