अमेरिकामा एकैदिन थपिए ७५ हजार बढी संक्रमित
Friday, July 17th, 2020, 8:09 am
साउन २, एजेन्सि । कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित अमेरिकाले दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ।
बिहीबार एकैदिन ७५ हजार बढी संक्रमित फेला परेपछि अमेरिकाले नयाँ रेकर्ड कायम गरेको हो।
यसै महिना संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको यो सातौं पटक हो।
संक्रमित संख्यासँगै सोका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको रोयटर्सले जनाएको छ।
यो संख्या जुन यता उच्च संख्यामा पुगेको उसको विश्लेषण छ। यसमा अधिकाशं मृतक एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससबाट रहेका छन।
यो महिना अमेरिकाका ५० मध्ये ३० राज्यको दैनिक संक्रमित संख्यामा रेकर्ड कायम भएको छ।
कोरोनाका कारण अमेरिकीहरू विद्यालय तथा व्यवसाय खोल्ने विषयमा बाँडिदै आएका छन्। योसँगै सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने सवालमा पनि उनीहरू विभाजित छन्।