अनलाईन कक्षा तीन दिन भित्रै सुरु गर्न शिक्षकहरुको अल्टिमेटम
Thursday, July 16th, 2020, 9:06 pm
साउन १, काठमाण्डौं । अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई अल्टिमेटम दिएको छ । आफ्नो माग पूरा नभए आफूहरूले कडा संघर्षका कार्यक्रम गर्ने संस्थागत विद्यालय शिक्षक युनियनले जनाएको छ ।
प्याब्सन र एनप्याब्सनको अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनेको छ ।