‘राजिनामा दिन्न : प्रधानमन्त्री ओली
Thursday, July 16th, 2020, 8:22 pm
काडमाडौं, साउन १ । प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट पार्नुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका ओलीले सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौति दिनुभएको छ ।
ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आउनु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौति दिनुभएको हो ।
विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उहाँले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिनुभएको स्रोतले जानकारी जानकारी दिएको छ ।
स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिनु भएको थियो ।