नेकपा विवाद: आज पनि बिना निष्कर्ष टुंगियाे,भाेलिकाे बस्ने स्थायी कमिटी बैठक भने नराेक्ने
Thursday, July 16th, 2020, 5:17 pm
काठमान्डौ , १ साउन। आज (बुधबार ) पनि नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
करीव तीन घण्टासम्म शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा भने सहमति भएन ।
नेकपाका महासचिव विष्णु पौडेलका अनुसार छलफलमा कुनै निष्कर्ष ननिस्केपनि शुक्रबारको स्थायी कमिटी बैठक भने स्थगित नगर्ने सहमति भने भएकाे बताए ।
बिहीबार पनि विवाद समाधानमा ठोस सहमति नभएपछि दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले पनि दाहाल र नेपाल एउटै समूहमा छन् ।
बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए ।
ओली कुनै पनि सहमति पालना गर्ने पक्षमा नभएपछि दाहाल, नेपाल खनाल लगायतका नेताहरु सशंकित भएका हुन्।