२४ घन्टामा थप १ सय ६७ जनामा काेराेना, कुल संक्रमणको संख्या १७३४४ पुग्यो
Thursday, July 16th, 2020, 5:07 pm
काठमान्डौ, १ साउन। पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मत्रालायाकाप्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यसैगरी पछिल्लो २४ घन्टामा थप २ सय १३ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या ११ हजार २ सय ५९ पुगेको छ ।
यो संख्या हेर्दा ६४.८५ प्रतिशत डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या २३ हजार ५०० जना रहेका छन् ।