साउन महिना विशेष लाग्छ: पत्रकार सचिता बुढाथोकी
Thursday, July 16th, 2020, 4:36 pm
आज साउन १ गते , हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना पनि भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ ।
ती हुन्छ साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रत जस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । साउन महिनाभरी हिन्दुनारीहरुले हातभरि चुरा र मेहेन्दी लगाउने गर्छन ।
यो महिना हिन्दु महिलाहरुको लागी विशेष महिनाको रुपमा पनि चिनिन्छ । पत्रकार सचिता बुढाथोकीलाई पनि साउन महिना रमाईलो लाग्ने बताउछिन , साउनमा हातभरी मेहन्दी , चुरा, गलामा पोते , हरियो र, पहेलो विषेश पहिरनका कारण नारी अस्तित्व झल्कने उनको भनाई छ । त्यसैले उनलाई यो महिना खास र लाग्ने गरेको छ । साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसन देख्न पाइन्छ ।
हातभरी हरीयो चुरा र मेहेन्दी अनि हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वार पनि रहिआएको छ । एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बनेको छ । साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको खासै रोनकता भने देखिएको छैन ।
कोरोना कहरका कारण लकडाउनले गर्दा मानिसहरुको आवत जावत पातलिएको छ । घरबाट बाहिर निस्कन अझै उनीहरु सकिरहेका छैनन । जसका कारण गतवर्ष जस्तो चहलपहल देखिएको छैन ।