इनफ इज इनफ फेरि प्रदर्शनमा
Thursday, July 16th, 2020, 12:26 pm
१ साउन, काठमाडौं । क्वारेन्टिनको अवस्था सुधार्नुपर्ने लगायतका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुले मन्त्री निवास पुल्चोक अगाडि प्रदर्शन गरेका छन् ।
बिहीबार बिहानै मन्त्री ज्यू गुड मोर्निङ’ लेखिएका प्लेकार्ड बोकेर युवाहरु मन्त्री निवासको मुख्य प्रवेशद्वार अगाडि पुगेका थिए । उनीहरुलाई प्रहरीले अलि वरै रोकेको थियो ।
सडक किनारमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै युवाहरुले गत असार २३ गते ई’ र पुकार बमसँग स्वास्थ्य मन्त्रालयले गरेको लिखित प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।
कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, सबैको पीसीआर परीक्षण गर्नु पर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राखेर ई र बम अनसन बसेका थिए ।
माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि अभियन्ताहरुले गत असार २३ गते अनसन तोडेपनि त्यसको कार्यान्वयन भने हुन सकेका छैन ।
मन्त्री निवास अगाडि प्रदर्शन गर्नेहरुले ‘सम्झौता कार्यान्वयन गर’, ‘क्वारेन्टिन तत्काल सुधार गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।