बागलुङ र स्याङजामा ३ जना कोरोना संक्रमित थपिए
Thursday, July 16th, 2020, 12:05 pm
पोखारा, १ साउन। गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार बिहान गण्डकी प्रदेशका बागलुङ र स्याङजा गरी २ जिल्लाका थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार बिहान ७ बजे सम्म कोरोना पुष्टि हुनेमा बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङजाका १९ वर्षीय १ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।