सिन्धुपाल्चोक पहिरो: एक जनाको शव फेला, ४ अझै वेपत्ता (अपडेट)
Thursday, July 16th, 2020, 11:46 am
काठमान्डौ, १ साउन। बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।
पहिरोले बगाएको घरछेउमै एक जनाको शव भेटिए छ तर कसको हो भन्ने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा स्थानीय ग्याल्जेन शेर्पाकाे परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा छन् । ग्याल्जेन भने राजधानीमा सवारी चलाउने पेसामा रहेकाले घटनाका बेला घरमा थिएनन् ।
उक्त पहिरो गएको ठाउमा स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।
राति १ बजेतिर आएको पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।
पहिरोले पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पु-याएको गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।