कोरोना खोप यसै साता आउने सम्भावना
Thursday, July 16th, 2020, 8:14 am
एजेन्सि । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क आइटिभीका राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै सम्भवत आजनै सकारात्मक खबर सुन्न पाइने छ,ु रोयटर्सले उद्धृत गरेको पेस्टनको ब्लगमा उल्लेख छ।
तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित छन्। उनीहरूले यसै महिना अहिलेसम्मको परीक्षणबाट आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका थिए। यसले परीक्षणमा सहभागी व्यक्तिहरूमा कोरोना भाइरसविरूद्ध प्रतिरोधक क्षमता बढाउन सकारात्मक काम गरेको उनीहरूले बताएका छन्।
पहिलो चरणको परीक्षण नतिजा जुलाई अन्त्यसम्म सार्वजनिक हुने रोयटर्सले लेखेको छ। पहिलो चरणको क्लिनिकल परीक्षण क्रममा बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो। यसको नतिजा ुल्यान्सेटु भन्ने मेडिकल जर्नलले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
।