सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोमा परिदाँ ५ बेपत्ता
Thursday, July 16th, 2020, 7:53 am
१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।
गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् ।
घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्ने नगरेको बताईएको छ ।
गएराति करिब साढे १ बजे पहिरो गएको थियो । पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।
बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेर सतर्कता आसपासको बाढी आएको थियो । बाढी बढ्दो क्रममा छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ ।
यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन