बलात्कार आराेपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ
Wednesday, July 15th, 2020, 9:15 pm
काठमान्डौ, ३१ असार। बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले एसएसपी अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।
चितवन भरतपुरकी महिलाले प्रहरी समक्ष सशस्त्रका एसएसपी अधिकारीले उनकै कार्यलयमा लगेर बलात्कार गरेको बयान दिएकी थिइन ।
एसएसपी अधिकारीले आफुलाई लट्याउने औषधी प्रयोग गरी बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी हुन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।