नेकपा विवाद: ओली- प्रचण्डबीच आज पनि विना निष्कर्ष टुंगियो, भाेलि पनि छलफललाई निरन्तरता
Wednesday, July 15th, 2020, 7:06 pm
काठमान्डौ, ३१ असार। बुधबारको छलफल पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको पनि बिना निष्कर्ष सकिएको छ ।
ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा छलफल भएको हो । पार्टीभित्रकाे विवाद समाधान गर्नेभन्दै दिनहुँजसाे छलफल भए पनि निष्कर्ष भने निस्कन सकेकाे छैन ।
पार्टीभित्र देखिएको आन्तरिक विवाद सल्टाउनका लागि छलफलमा जुटनुभएका अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको आजको बार्तामा लगभग सहमतिको खाका जुटेको र थप गृहकार्यसहित अर्को छलफलमा निश्कर्ष निकाल्ने गरी गृहकार्य अघि बढेको दुवै अध्यक्ष निकट नेताहरुले जानकारी दिएका छन ।
पछिल्लो पटक असार २६ गतेका लागि तोकिएको बैठक साउन २ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ ।