थप १ जना काेराेना संक्रमितकाे मृत्यु, मृतक संख्या ३९ पुग्याे
Wednesday, July 15th, 2020, 6:52 pm
काठमाडौं, ३१ असार । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसकाे संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता जागेश्वर गौतमका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार उनको नारायणी अस्पताल वीरगन्जको आईसियुमा उपचारका क्रममा बुधबार २:३० मा उनकाे मृत्यु भएको जनाए ।
योसँगै नेपालका काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३९ पुगेको छ ।