२४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्याे
Wednesday, July 15th, 2020, 6:49 pm
काठमान्डौ, ३१ असार। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७ हजार नाघेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको हो। पछिल्लो २४ घण्टामा ५ हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या ११ हजार २५ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या २४ हजार ५२७ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार ११३ जना रहेका छन् ।