चितवनको भरतपुर ओरालोमा रहेको सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट
Wednesday, July 15th, 2020, 3:23 pm
चितवन, ३१ असार। चितवनको भरतपुर ओरालोमा रहेको अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ ।
मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत अतुलनीय योगदान गर्दै आएका चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएका हुन् ।
उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी)का सञ्चालक राजेन्द्र अर्यालले भाडा छुट बारे व्यवसायीलाई जानकारी गराए ।
सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चाल नगर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको मलका म्यानेजर उज्ज्वल केसी केसीको भनाइ छ ।