कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो
Tuesday, July 14th, 2020, 5:11 pm
काठमाडौं, असार ३० । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै १७ हजार नाघेको हो । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ११६ जनामा संक्रमण देखिएको हो।
आज थपिएका ११६ सहित नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ।
कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।