पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज, कुल संक्रमितको संख्या १७ हजार ६१ पुग्यो
Tuesday, July 14th, 2020, 4:38 pm
काठमान्डौ, ३० असार। पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ४ हजार ३६१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ३४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या १० हजार ३२८ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या २४ हजार ७१६ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार ६९५ जना रहेका छन् ।