मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा अस्थायी ड्या्म फुट्यो २ जना बेपत्ता २ घाइते
Tuesday, July 14th, 2020, 2:59 pm
असार ३०, मेलम्ची । आज दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा दुई जना वेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन् । पानीले बगाएर त्यहाँ कार्यरत सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएको कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिनुभयो । त्यस्तै कन्सल्टयान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खनालले घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चिका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिनुभयो ।
घाइतेलाई हेलिकप्टर मार्फत काठमान्डौ लाने तयारी भैरहेको तामङ्ले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।थप विवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।