कोरोना परीक्षण : ६ निजी प्रयोगशालाले पाए अनुमति
Monday, July 13th, 2020, 10:41 am
२९ असार, काठमाडौं । कोरोना परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई सरकारले पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएल टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड(१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव सीडीएल र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको हो ।
उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।