भारतीय मिडियालाई ‘प्राेटेस्ट नाेट’, प्रतिबन्ध तत्काल नहट्ने
Sunday, July 12th, 2020, 8:20 pm
काठमाडौँ,२८ असार । भ्रामक र आपत्तिजनक सामग्री प्रकाशन प्रसारण गरेपछि नेपाल सरकारले आपत्ति जनाउँदै भारतलाई कूटनीतिक ‘प्राेटेस्ट नोट’ पठाएको छ ।
परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेको छ।
यस्तै, नेपाल सरकारले भने भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने प्रष्ट पारेको छ । अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो ।
मन्त्री खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो ।