सलह प्रकोप: दोस्रो चरणमा फेरि नेपाल भित्रियो
Sunday, July 12th, 2020, 4:00 pm
काठमान्डौ, २८ असार। नेपालमा सलहको झुण्ड दोस्रो पटक फेरि प्रवेश गरेको छ ।
लालमटिया लगायत गाउँपालिकाको वार्ड नम्बर १, २ र ३ मा ठूलो संख्यामा सलह भित्रिएको दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा चौधरीले पुष्टि गरेकी हुन् ।
यता कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको सलह सूचना केन्द्रले आइतवार नेपालमा सलहको हुल भित्रने अनुमान गरेको थियो । पहिलो चरण अन्तर्गत २ साता अघि पनि सलहका स-साना हुल नेपाल भित्रिएर खेतीबालीमा क्षती पुर्याएका थिए ।