नक्कली भारतीय नोट सहित झापामा दुई जना पक्राउ
Sunday, July 12th, 2020, 3:38 pm
झापा, २८ असार । झापामा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
७५ हजार रुपैयाँ बराबरको भारतीय रुपैयाँसहित पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् भने अर्का व्यक्तिको परिचय भने खुलाइसकेको छैन ।बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ ।
पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन्।
पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन् भने बरामद भएका बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताएका छन।