मास्क लगाउने थाले डोनाल्ड ट्रम्पले
Sunday, July 12th, 2020, 11:33 am
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका छन्।
घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन्।
उनले भने, ूम कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो।ू
यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए।